Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काँग्रेसमा सिटौला गुट पनि फुटको संघारमा, पद हत्याउने खेलमा पौडेल समुह

    काँग्रेसमा सिटौला गुट पनि फुटको संघारमा, पद हत्याउने खेलमा पौडेल समुह

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन कोरोनाको महामारीका बेला पनि गर्नुपर्छ भनेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीभित्र चलखेल बढाएको छ ।

    जनता कोरोनाबाट डराएर घरबाट बाहिर निस्कन सकेका छैनन् । मजदुर र अति विपन्न परिवारका सदस्यहरू तनाबमा छन् । भोकै मर्नुपर्ने अवस्था आइरहेको छ । तर, पौडेल समूहलाई कोरोनाका बेला पद चाहिएको छ ।



    मिलेर जानुभन्दा पनि कोरोनाको बेला महाधिवेशन गरेर जसरी पनि पद हत्याउने योजनामा पौडेल समूह लागेको हो । तर, पौडेल समूहको रणनीति थाहा पाएका सभापति शेरबहादुर देउवा पनि सर्तक बनेको स्रोत वताउँछ ।



    महामारीका बेला पहिला ज्यान बचाउनुपर्ने र ज्यान बच्यो भने पार्टी रहने देउवाको बुझाई रहेको छ । देउवाले आफूलाई बद्नाम गर्नकै लागि पौडेल समूह महाधिवेशनका नाममा फण्डा गरिरहेको भन्दै आफु निकटहरुलाई वताउन थालेका छन्।

    विभागहरू बनाउन नदिन पौडेल समूहले महाधिवेशनको फण्डा निकालेको स्रोत वताउँछ । पौडेल समूहभित्र महामन्त्री डा.शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा.रामशरण महत, डा.शेखर कोइरालालगायतले उप–गुटहरू चलाइरहेका छन् । हुन त देउवा समूहमा उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवार बन्ने तयारी गरेपछि खैलाबैला नै भएको छ ।

    कांग्रेसमा विजय गच्छदारको पार्टीलाई समायोजन गर्न बाँकी छ । राप्रपाका नेता सुनिलबहादुर थापालाई मिलाउनै सकिएको छैन । क्रियाशील सदस्यता वितरण हुन सकेको छैन । प्रदेश समिति बन्न सकेको छैन । यस्तो अवस्थामा कांग्रेसको १४औँ महाधिवेशन फागुनमा हुने कुनै छाँटकाँट छैन । पौडेल समूहले देउवासँग कुरा गरेर बाँकी रहेका पार्टीभित्रको समायोजन लगायतका कुरा टुग्याउनुपर्नेमा विवाद मात्रै गरेर बसेको छ ।

    उता, नेता कृष्णप्रसाद सिटौला समूह पनि फुटको संघारमा छ । सिटौलालाई नसोधेर गगन थापा, प्रदीप पौडेल र उमाकान्त चौधरी पौडेल समूहको जुम मिटिङमा सहभागी भएर सिटौलालाई छाड्ने संकेत दिएका छन् ।

    सिटौलाले पछिल्लो समुह भारतीय दुताबाससँग बाक्लो उठबस बनाएपछि गगन, प्रदिप लगायतका प्रभावशाली युवा नेताहरुले उनलाई छाड्ने संकेत गरेका हुन।

    सिटौलाले पौडेल समूहमा आफूलाई बाध्यताले बेलाबेला सहभागी गराउने गरेका छन् । तर, भित्री रुपमा सिटौलाले पौडेललाई कुनै पनि हालतमा सहयोग गर्न सक्दैनन् । सिटौलाले अन्तिममा देउवासँग आत्मसमर्पण गर्ने संभावना पनि रहेको उनी निकट स्रोत वताउँछ

    १४औँ महाधिवेशनमा देउवा र पौडेल सभापतिमा उम्मेदवार बन्ने अवस्था क्रमशः क्षिण हुँदै गएको छ । दोस्रो वरीयताका नेताहरूले धमाधम सभापतिको तयारी गरेपछि देउवा र पौडेलहरूको सम्भावना न्युन हुँदै गएको छ । यो कुरा बुझेका देउवा र पौडेलले अब नयाँ रणनीति  बनाउन थालेका छन्। (यूनाइटेड पोस्ट साप्ताहिक )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार