Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • न्याय परिषद् बैठक चलिरहँदा वकिलहरूले घेरे न्याय परिषद्

    न्याय परिषद् बैठक चलिरहँदा वकिलहरूले घेरे न्याय परिषद्

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 84
    SHARES

    काठमाडौं । अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति तयारी थालेपछि वकिलहरूको विरोध पनि चर्किन थालेको छ ।

    गत बुधबारदेखि आन्दोलित वकिलहरूले अवकाशमा जान लागेका प्रधानन्यायाधीशको अध्यक्षतामा न्याय परिषद्ले न्यायाधीश नियुक्ति तयारी थालेपछि न्याय परिषद घेराउ गरेका हुन् ।



    सचिवालयभित्र परिषद् बैठक बसिरहँदा बाहिर भने प्रवेशद्वार अगाडि नेपाल बार एशोसिएसनले विरोध प्रदर्शन गरिरहेको छ ।



    न्यायपरिषद्को संशोधित नियमावली खारेज गर्नुपर्ने, घर जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश नियुक्ति गर्न नमिल्ने भन्दै बारले प्रदर्शन गरेको हो ।

    असोज २० गते प्रधानन्यायाधीश श्रेष्ठ सेवानिवृत हुँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार