Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • प्यालेस्टाइनी नेताद्वारा विश्वसामु इजरायललाई हतियार पठाउन रोक्न आह्वान

    प्यालेस्टाइनी नेताद्वारा विश्वसामु इजरायललाई हतियार पठाउन रोक्न आह्वान

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 84
    SHARES

    एजेन्सी । प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले बिहीबार विशेषगरी अमेरिकालाई औँल्याउँदै अन्तर्राष्ट्रिय समुदायसमक्ष पश्चिम किनार र गाजामा रक्तपात रोक्न इजरायललाई हतियार पठाउन रोक्न आह्वान गरे ।

    गाजामा मृत्यु हुनेको संख्या बढिरहे पनि वासिंटनले इजरायललाई त्यहाँको युद्धका लागि कूटनीतिक समर्थन र हतियार प्रदान गरिरहेको अब्बासले बताए ।



    हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार हाल गाजामा मृत्यु हुनेको संख्या ४१ हजार पाँच सय ३४ पुगेको छ ।



    “यो अपराध रोक्नुहोस्, अहिले नै रोक्नुहोस् । बालबालिका र महिलाहरूको हत्या रोक्नुहोस् । नरसंहार रोक्नुहोस् । इजरायललाई हतियार पठाउन रोक्नुहोस् । यो पागलपन जारी रहन सक्तैन । गाजा र पश्चिम किनारमा हाम्रा मानिसहरूमाथि भइरहेको कुराका लागि सम्पूर्ण विश्व जिम्मेबार छ”, अब्बासले संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार