Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • दसैँका लागि आइतबारदेखि सफा तथा सुकिला नोट साट्न पाइने

    दसैँका लागि आइतबारदेखि सफा तथा सुकिला नोट साट्न पाइने

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 141
    SHARES

    काठमाडौं । यसवर्षको दसैँका लागि आइतवारदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ ।

    नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।



    बैँकको मुद्रा व्यवस्थापन विभाग, बैँकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाइने बतायएको छ ।



    साथै इजाजतपत्र प्राप्त बौ तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैँकले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार