Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • राष्ट्रपति पौडेलले गरे नारायणी नदीको झोलुंगे पुल उद्घाटन

    राष्ट्रपति पौडेलले गरे नारायणी नदीको झोलुंगे पुल उद्घाटन

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 141
    SHARES

    रुपन्देही। राष्ट्रपति रामचन्द्र पौडेलले पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदिमाथि बनेको झोलुंगे पुलेको उद्घाटन गरेका छन्।

    सुस्ता गाउँपालिका – ५ मा रहेको नारायणी नदीमा निर्माण भएको त्रिवेणी महेशपुर मल्टिस्पान झोलुंगे पुलको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन् ।



    झोलुंगे पुलले सुस्ता गाउँपालिका–५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोड्ने छ ।



    एक हजार पाँच सय ७१ मिटर लामो र एक मिटर ६० सेन्टिमिटर चौडाइको पुलले सुस्ता वडा नम्बर ५ को दायाँ किनारमा रहेको सकरदिनही र बायाँ किनारमा रहेको सुस्ता गाउँलाई जोडेको छ।

    निर्माण कम्पनी त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सले साढे २३ करोड रुपैयाँको लागतमा गत असार अन्तिम साता पुल निर्माण सम्पन्न गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार