Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • सुनको मूल्यमा नयाँ कीर्तिमान कायम, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्यमा नयाँ कीर्तिमान कायम, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 450
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो।



    जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासङ्घले जनाएको छ। अघिल्लो दिन बुधबारबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो ।



    जसअनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको हो । यस्तै छापावाल सुन प्रति १० ग्राम भने बुधबार १ लाख ३७ हजार ७७५ रुपैयाँ कायम भएको छ ।

    चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बुधबार १ हजार ९५५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार