Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि ३ जनालाई अन्तर्वार्तामा बोलाइयो

    धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि ३ जनालाई अन्तर्वार्तामा बोलाइयो

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 123
    SHARES

    काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः थालेको छ ।

    धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न गठन भएको सिफारिस समितिले बिहीबार एक सूचना प्रकाशति गरी तीन जनालाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएको हो ।



    यसअघि बोर्ड अध्यक्षको नियुक्ति प्रक्रियामा अनुपस्थित भएका तीन जनालाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाइएको छ । समितिले सूचना प्रकाशित गर्दै कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र नवराज अधिकारीलाई बोलाएको हो ।



    यही १८ असोज बिहान ८ बजेमा उनीहरूको अन्तर्वार्ता र प्रस्तुतीकरण हुने गरी सूचना प्रकाशित भएको छ । यसअघि दुई पटकसम्म उनीहरू अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि बोलाइए पनि गएका थिएनन् ।

    अन्तर्वार्ता तथा कार्यप्रस्तुतीका लागि बोलाइएका कृष्णबहादुर नेप्सेका वर्तमान सीईओ हुन् भने चिरञ्जीवि बीमा प्राधिकरणका पूर्वअध्यक्ष हुन् । यस्तै नवराज धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् । बोर्ड लामो समयदेखि नेतृत्वविहीन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार