Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भारत र बेलायतको आग्रह

    आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भारत र बेलायतको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 144
    SHARES

    तस्विर : एजेन्सी

    एजेन्सी । इजरायल र हिजबुल्लाहबीच युद्धको खतरा बढेपछि भारत र बेलायतले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न निर्देशन दिएका छन् ।

    इजरायलले हिजबुल्लाहलाई लक्षित गर्दै लेबनानमाथि आक्रमण तीव्र पारेको छ । बेलायती प्रधानमन्त्री किएर स्टार्मरले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेका हुन्।



    यसैबीच, भारतले पनि लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ भने लेबनानको यात्रा नगर्न पनि आग्रह गरेको छ।



    यसअघि, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, जापान, सऊदी अरब, साउथ कोरिया र अमेरिकासहित विश्वका विभिन्न मुलुकले आफ्ना नागरिकलाई लेबनान छाड्न निर्देशन दिइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार