Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • हराएका २४ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

    हराएका २४ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 201
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

    कार्यालयले बिहिबार सूचना प्रकाशित गर्दै आफूखुसी गैरहाजिर भएका २४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।



    सूचना अनुसार ३ जना प्रहरी सहायक निरीक्षक (असई), दुई जना प्रहरी सहायक हवलदार र १९ जना प्रहरी जवान चार महिनाभन्दा बढी समयदेखि आफूखुसी गैरहाजिर रहेका छन् ।



    उनीहरूलाई गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ ।

    प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी समेत दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार