Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चंगा, ड्रोन र बेलुन नउडाउन आग्रह

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चंगा, ड्रोन र बेलुन नउडाउन आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 87
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन र बेलुन नउडाउन आग्रह गरेको छ ।

    यस्ता कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै प्राधिकरणले बिहीबार एक सूचनामार्फत यस्तो कार्य नगर्न आग्रह गरेको हो ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले चंगा, ड्रोन, बेलुन तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने जनाएको छ ।



    “कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही हुनेछ,” कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार