Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • नेपाल प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गरिएको रिट फिर्ता

    नेपाल प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गरिएको रिट फिर्ता

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 288
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट अवकाशमा जानबाट रोक्न माग सर्वोच्च अदालतमा रिट दायर गरेका प्रहरीले आफ्नो निवेदन फिर्ता गरेका छन् ।

    नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले दायर गरेको रिट रिटकर्तामध्येका डीएसपी गोविन्द पन्थीको निवेदनमा बुधबार फिर्ता भएको हो ।



    उनीहरूले दायर गरेको रिटमा भदौ ६ गते न्यायाधीश हरिप्रसाद फुयालले प्रहरीहरूको पक्षमा ३० वर्षे सेवा अवधिबाट अवकाशमा कसैलाई पनि नपठाउन अन्तरिम आदेश जारी गरेका थिए।



    यसपछि गृह मन्त्रालयले भ्याकेट दिएको थियो । सरकारको भ्याकेट स्वीकार गर्दै भदौ १४ मा न्यायाधीशद्वय विनोद शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गरिदिएको थियो ।

    भदौ १६ गते ३० वर्षे सेवा अवधिकै कारण ९० जना प्रहरीहरु अवकास भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार