Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 159
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    जिल्ला अदालतका न्यायाधीश श्याम विहारी मौर्यको इजलासले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।



    साइबर ब्यूरोबाट खटिएको टोलीले उनलाई आइतवार दिउँसो भक्तपुरबाट पक्राउ गरेको थियो ।



    आइतबार विद्युतीय अपराध (साइबर क्राइम) को कसुरमा पक्राउ परेका प्रसाईंलाई अदालतले पहिलोपटक ३ दिन हिरासतमा राख्नका लागि अनुमति दिएको थियो।

    मेडिकल व्यवसायी प्रसाईं पछिल्लो समय राजसंस्था र हिन्दूराष्ट्र फर्काउने अभियन्ता बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार