Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • देशमा अस्थिरता निम्त्याइरहने प्रवृत्ति रोक्न एमालेसँग मिल्यौं : उपप्रधानमन्त्री सिंह

    देशमा अस्थिरता निम्त्याइरहने प्रवृत्ति रोक्न एमालेसँग मिल्यौं : उपप्रधानमन्त्री सिंह

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 153
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् ।

    भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको उद्‌घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।



    उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताका लागि नै नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धनको सरकार बनेको बताए।



    कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सिंहले भने, ‘गत निर्वाचनको परिणामले नौ-नौ महिनामा सरकार परिवर्तन हुँदा जनतामा निराशा छायो, जनताले निराश अभिव्यक्ति र भाष्य दिन थाले । त्यसैले राजनीतिक स्थिरता कायम गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन तथा राजनीतिक स्थिरता र स्थायित्व ल्याउन कांग्रेस र एमालेको सरकार बनेको हो ।’

    अहिलेको सरकारले जनताको पक्षमा काम गर्न थालेको, संसद्मा अड्किएर रहेका विधेयक पास हुन थालेका भन्दै समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गरी सरकारले काम गरिरहेको बताए ।

    उपप्रधानमन्त्री सिंहले सरकारले संविधानको मर्म र भावनाविपरीत कुनै पनि निर्णय नगर्ने, संविधानले दिएको कसैको पनि अधिकार नखोस्ने उल्लेख गरे ।

    सरकारले कानून बनाउने, कार्यान्वयनमा ल्याउने र देशमा कानुनी राज्यको प्रत्याभूति दिँदै सुशासन कायम राख्ने उपप्रधानमन्त्री सिंहको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार