Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • स्वास्थ्य मन्त्रालय भन्छ-२ हप्ता क्‍वारेन्टाइन बस्दा लक्षण नदेखिए पीसीआर गर्नु पर्दैन

    स्वास्थ्य मन्त्रालय भन्छ-२ हप्ता क्‍वारेन्टाइन बस्दा लक्षण नदेखिए पीसीआर गर्नु पर्दैन

    अनलाइन नेपाल
  • बिहिबार, २५ भाद्र २०७७
  • 2.7K
    SHARES

    काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने, अन्तरजिल्ला आवतजावत गर्दा सबैले आफ्नै घरमा वा आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १४ दिनसम्म क्वारेन्टाइन बस्दा पनि कुनै लक्षण नदेखिएमा पीसीआर परीक्षणको आवश्यकता नपर्ने निर्णय भएको बताए । त्यसैगरी मन्त्रालयले कोरोनाको परीक्षणका लागि एन्टिजेन टेष्टको व्यवस्थाका लागि स्वीकृति दिइएको छ ।



    उनले भने, ‘पीसीआर महँगो र लामो विधि छ र रिपोर्ट आउन धेरै समय लाग्छ । एन्टिजेन टेस्टको आवश्यकता भएकोले परिमार्जनसहित निर्देशिका स्वीकृत निर्णय गरेका छौँ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार