Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • रविले ‘क्लिन चिट’ पाएँ भनेर अनुसन्धान प्रभावित गर्न खोजे : शंकर पोखरेल

    रविले ‘क्लिन चिट’ पाएँ भनेर अनुसन्धान प्रभावित गर्न खोजे : शंकर पोखरेल

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 54
    SHARES

    धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेले अनुसन्धानमा निःशर्त सहयोग गर्नुपर्ने बताएका छन् ।

    आज धनगढी पुगेका महासचिव पोखरेलले यस्तो बताएका हुन् । लामिछानेले सहकारी ठगीको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको उनले आरोप लगाए।



    कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्ने उनको भनाई छ ।



    महासचिव पोखरेलले जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने, आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्ने कुनै अर्थमा उचित नहुने बताए।

    अभियोग कति गम्भीर छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले समेत बुझ्नुपर्ने उनले बताए ।

    सहकारीको रकम दुरुपयोग गरेर महत्वकांक्षाका साथ टेलिभिजन सञ्चालन गरेको प्रष्ट भइसकेको उनले बताए ।

    रविको नाम नलिई उनले संकटमा पुर्‍याउने व्यक्तिले म निर्दोष छु, क्लिन चिट पाएँ भनेर घोषणा गर्नु अनुचित भएको समेत महासचिव पोखरेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार