Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • विवादास्पद एसपी खड्कालाई मकवानपुरको इन्चार्ज

    विवादास्पद एसपी खड्कालाई मकवानपुरको इन्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 606
    SHARES

    काठमाडौं । धनुषामा कार्यरत रहँदा सिंगो प्रहरी संगठनकै बदनाम गराएका एसपी विश्वराज खड्काले एक वर्ष नपुग्दै अर्को आकर्षक इन्चार्ज पाएका छन् ।

    प्रहरी प्रधान कार्यालयले उनलाई मकवानपुरको प्रहरी प्रमुखको रुपमा सरुवा गरेको छ ।



    धनुषामा आरती साह हत्या घटनाको अनुसन्धानमा उनले चरम लापरबाही गर्ने मात्र होइन पीडित पक्षलाई कुटपिट समेत गरेका थिए । जसमा प्रहरीकै छानविन समितिले समेत उनलाई दोषी देखाएको थियो भने संसदको महिला तथा सामाजिक मामिला समितिले उनलाई निलम्बन नै गर्न सिफारिस गरेको थियो ।



    एसपी खड्काकै लापरबाहीका कारण पीडितका परिवार महिनौं काठमाडौं आएर न्यायका लागि धर्ना बसे । सरकारकै लागि त्यो ठूलो समस्याको विषय बन्न पुगेको थियो ।

    विभिन्न छानविन समितिले कारबाहीको सिफारिस गर्दा पनि उनी जोगिएका थिए। प्रहरी प्रधान कार्यालयले उनलाई हटाएपनि कारबाही गरेन । किनकी कांग्रेसका नेताहरुबाट उनले कारबाही रोक्न दबाब दिएका थिए ।

    अहिले उनै खड्कालाई गृहमन्त्री रमेश लेखकले मकवानपुरजस्तो संवेदनशील जिल्लामा खटाएका छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उनलाई त्यहाँ पठाउन चाहेका थिएनन् ।

    तर, गृहमन्त्री लेखकले जसरी पनि पठाउन अडान राखेका थिए । राष्ट्रिय अनुसन्धान विभागबाट सोर्सफोर्सकै आधारमा प्रहरीमा आएका खड्का सुरुदेखि नै बदनाम अधिकृत हुन् ।

    इन्सपेक्टरमा हुँदा अनेक घुसकाण्डमा मुछिए । ललितपुर परिसरमा कार्यरत रहँदा एक लाख लिएको घटना बाहिरिएको थियो ।

    डिएसपीमा मलेखुमा हुँदा पनि उनी लेनदेनकै कारण तानिएका थिए । पछि उनलाई बालकृष्ण खाणले दरबारमार्ग वृत्तको इन्चार्ज थिए ।

    दरबारमार्ग वृत्तमा असुली आतंक मच्चाएका उनी त्यही पैसाको जोडमा सिनियरलाई समेत उछिनेर एसपीमा बढुवा भएका थिए ।

    बढुवा भएको केही महिनामै धनुषा पुगेका उनले त्यहाँ तस्करीको लाइन खोलेको थिए । अनुसन्धानमा पनि चरम लापरबाही र सेटिङ चलाएका उनै खड्का फेरि पुरस्कृत भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार