Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • तोलामै १ लाख ६० हजार नाघ्यो सुनको मूल्य

    तोलामै १ लाख ६० हजार नाघ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 87
    SHARES

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।



    जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको थियो ।



    जसअनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो । यस्तै छापावाल सुन प्रति १० ग्राम भने बुधबार १ लाख ३७ हजार ५१५ रुपैयाँ कायम भएको छ ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार