Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री गरे कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

    अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री गरे कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 39
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।

    महानगरले आज एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । महानगरले मूल्यसूची बनाएर पसलको अग्र भागमा सबैले देख्नेगरी राख्न, अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्न र म्याद गुज्रिएका बस्तु विक्री वितरण नगर्न भनेको छ ।



    त्यस्तै खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि महानगरले आग्रह गरेको छ ।



    अनुगमनका क्रममा कसैले आग्रहविपरीत कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइए, उजुरी परे वा गुनासो प्राप्त भएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने महानगरक चेतावनी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार