Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • साफ यु-१७ च्याम्पियनसिप : आज भुटानसँग भिड्दै नेपाल

    साफ यु-१७ च्याम्पियनसिप : आज भुटानसँग भिड्दै नेपाल

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 114
    SHARES

    काठमाडौं । साफ यु-१७ च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ ।

    समूह बी मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।



    यसअघिका दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको नेपालको लागि सेमिफाइनल पुग्न भुटानलाई हराउनैपर्ने अवस्था छ ।



    भुटान र पाकिस्तानले समूह बी मा अपराजित रहँदै समान ४ अंक जोडेका छन् । गोलअन्तरमा भुटान शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । दुई खेलबाट ३ अंकसहित नेपाल तेस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार