Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • प्रधानमन्त्री ओली र यूएसएआईडीका प्रमुख पावरबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र यूएसएआईडीका प्रमुख पावरबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 45
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता संस्था (यूएसएआईडी) का प्रमुख सामन्थ पावरबीच भेटवार्ता भएको छ ।

    अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र यूएसएआईडीका प्रमुख पावरबीच आज भेटवार्ता भएको हो ।



    भेटमा यूएसएआईडीले नेपालमा गर्दै आएको सहयोग र आगामी दिनमा यसलाई थप बढाउने र कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।



    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली केही दिनदेखि न्युयोर्कमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार