Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • कोशी सरकारद्धारा सभामुख र उपसभामुखको इन्धन सुविधा थप

    कोशी सरकारद्धारा सभामुख र उपसभामुखको इन्धन सुविधा थप

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 138
    SHARES

    विराटनगर । कोशी सरकारले प्रदेशसभाका सभामुख र उपसभामुखको सुविधा थप गरेको छ ।

    प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन संशोधन गर्दै सभामुख र उपसभामुखलाई दिने इन्धन सुविधा थप गरेको हो।



    आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सभामुखका लागि मासिक ७५ लिटर र उपसभामुखका लागि ५० लिटर पेट्रोल सुविधा थप गर्ने निर्णय गरेको छ।



    प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन २०७५ को अनुसूची १ मा सभामुखले मासिक १५० र उपसभामखले १२५ लिटर पेट्रोल पाउने प्रावधान थियो ।

    मन्त्रिपरिषद्को बैठकले सोही ऐनको दफा २० लाई टेकेर सभामुखका लागि मासिक २२५ लिटर र उपभामुखलाई मासिक १७५ लिटर इन्धन सुविधा दिने व्यवस्था गरेको हो।

    २७ भदौको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णयपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोही दिनको मितिमा राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

    प्रदेशमा प्रमुख प्रतिपक्षी दलको नेताले र सत्तापक्षको प्रमुख सचेतकले १२५–१२५ लिटर इन्धन मासिक पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार