Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • माओवादी अध्यक्ष प्रचण्ड र राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रबिच भेटवार्ता

    माओवादी अध्यक्ष प्रचण्ड र राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रबिच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 111
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

    अध्यक्ष प्रचण्डलाई भेट्न उपाध्यक्ष मिश्र खुमलटार पुगेका हुन् । भेटवार्ता गरेको तस्बिर सार्वजनिक गर्दै उपाध्यक्ष मिश्रले राजसंस्थालाई पुनःस्थापित गर्नुपर्ने भनाइ प्रचण्डसँग राखेको उल्लेख गरेका छन्।



    भेटका क्रममा देश विस्फोटनको अवस्थामा रहेको जानकारी गराएको मिश्रले बताएका छन् । त्यसलाई रोक्न राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने भनाइ आफूले राखेको मिश्रले बताए ।



    मिश्रले सामाजिक संञ्जालमा लेखेका छन्,‘अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई पुनःस्थापित नगर्ने हो भने यो देश विस्फोटनको अवस्थातिर उन्मुख हुँदैछ। त्यतिबेला तपाईंहरूको अग्रगमन, नाम र सालिक केही बाँकी रहने छैन।’

    प्रचण्डले पनि अब यही स्थितिको निरन्तरताबाट देश चल्दैन भन्ने निष्कर्षमा पुगेको बताएको मिश्रले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    प्रचण्डसँगको भेटमा उनले राखेको अर्थपूर्ण धारणा भन्दै मिश्रले ७ बुँदामा जानकारी गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार