Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सुदूरपश्चिमका थप ३७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

    सुदूरपश्चिमका थप ३७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, २५ भाद्र २०७७
  • 3.1K
    SHARES

    काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा थप ३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार भएको परीक्षणमा धनगढीको सशस्त्र प्रहरी गणका ३७ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।



    योसँगै बिहीबारसम्म सुदूरपश्चिमका ८३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।



    प्रदेश प्रहरी कार्यालय दिपायलका वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिहले संक्रमित ८३ मध्ये हालसम्म २९ जना निको भएका र बाँकी ५४ जना उपचाररत रहेको बताए। प्रदेशमा हालसम्म २ हजार ३ सय ३५ प्रहरी कर्मचारीको कोरोना परीक्षण गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार