Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • परराष्ट्रमन्त्री राणाद्वारा विपिन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

    परराष्ट्रमन्त्री राणाद्वारा विपिन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 72
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन्।

    असंलग्न राष्ट्रहरूको सङ्गठन, नामको मन्त्रिस्तरीय बैठकलाई न्युयोर्कमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले उक्त आग्रह गरेकी हुन् ।



    उनले नेपाल विपिन जोशीको स्वागतका लागि व्यग्र प्रतीक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गरिन् ।



    गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतङ्ककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो ।

    सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए । उक्त हिंसात्मक आक्रमणमा परी अरू पनि कैयौँ मानिस मारिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार