Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • प्रधानमन्त्री ओली र डीएफसी उपप्रमुखबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र डीएफसी उपप्रमुखबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 93
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कोअपरेसन(डीएफसी)की उप–प्रमुख कार्यकारी अधिकृत निशा विश्वालबीच भेटवार्ता भएको छ ।

    उनीहरूबीच राष्ट्र संघको ७९ औं महासभाको दौरान साइडलाइनमा भेटवार्ता भएको हो।



    उक्त अवसरमा दुई जनाबीच नेपालमा आर्थिक विकासको लागि विविध क्षेत्रहरू तथा ऊर्जा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र प्रविधिको बारेमा छलफल भएको न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपाली नियोगले जनाएको छ ।



    त्यस अवसरमा नेपालमा लगानीको विषयमा पनि कुराकानी भएको थियो । उक्त भेटवार्तामा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि साथमा थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार