Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • पूर्वडीआईजी जोशीको बयान आज पनि जारी रहने

    पूर्वडीआईजी जोशीको बयान आज पनि जारी रहने

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 69
    SHARES

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीको बयान आज पनि जारी रहने भएको छ ।

    कास्की प्रहरीले उनीमाथि ठगी र संगठित अपराधमा अनुसन्धान गरिरहेको हो काठमाडौंको शंखमूलबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा लगिएको हो । उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराइ पाँच दिनको म्याद लिइएको छ ।



    कास्की प्रहरीका एक अधिकारीले दिएको जानकारीअनुसार सोमबार जोशीमाथि प्रारम्भिक बयान लिइएको थियो । प्रारम्भिक बयानमा जोशीले सहकारीको रकम अपचलन प्रकरणमा तत्कालीन गृहमन्त्री रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) नै प्रमुख जिम्मेवार रहेको प्रहरी स्रोतले बतायो ।



    सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले सूर्य दर्शन सहकारीका अध्यक्ष जीबी राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार