Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • कञ्चनपुरबाट तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

    कञ्चनपुरबाट तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 51
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरका वेदकोट र भीमदत्त नगरपालिकाबाट तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वेदकोट नगरपालिका-५ धरमपुरस्थित एक घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको हो ।



    उनीहरूका साथबाट २३ हजार १ सय ५ रुपैयाँ र १० गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।



    यस्तै सोमरबार राति नै भीमदत्त नगरपालिका-१० सुकासालस्थित घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    उनीहरूको साथबाट ४२ हजार ७ सय ७० रुपैयाँ र १० गड्डी तास बरामद गरिएको कञ्चनपुुर प्रहरीले जनाएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहको बताइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार