Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • आईसीसी विश्वकप लिग–२ : आज ओमानसँग खेल्दै नेपाल

    आईसीसी विश्वकप लिग–२ : आज ओमानसँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 186
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ ।

    क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो ।



    खेल नेपाली समयअनुसार राति पौने ९ बजे शुरू हुनेछ । त्रिदेशीय श्रृङ्खलामा नेपालले लगातार खराब प्रदर्शन गरिरहेको छ ।



    नेपाल पहिलो खेलमा क्यानडासँग १ सय ३ रनले, दोस्रो खेलमा ओमानसँग एक विकेटले र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो ।

    आठ टोली सहभागि लिग–२ मा १४ अङ्कका साथ क्यानडा शीर्ष स्थानमा छ । नेपाल सात खेलमा दुई अङ्कका साथ पुछारबाट दोस्रोमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार