Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • कर्मचारी सरुवा तत्काललाई रोक्का

    कर्मचारी सरुवा तत्काललाई रोक्का

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 354
    SHARES

    काठमाडौँ । मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको सरकारका सबै सचिवहरु सम्मिलित बैठकले तत्काल कर्मचारी सरुवा रोक्का गर्ने निर्णय गरेको छ ।

    सबै मन्त्रालय, निकाय , कार्यालयहरुले कर्मचारीको दरबन्दी र हाल कार्यरत कर्मचारीको विवरण अद्यावधिक गरी सात दिन भित्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने र कर्मचारीको अद्यावधिक विवरण तयार नभएसम्म सेवा समूह सञ्चालन गर्ने मन्त्रालयलहरुले नयाँ सरुवा नगर्ने निर्णय सचिव बैठकले गरेको हो । सो अनुसार अब कम्तीमा एक साता सम्म कुनै पनि मन्त्रालय वा निकायले कर्मचारी सरुवा गर्न पाउने छैनन् ।



    सिंहदरबार भित्रै विभिन्न मन्त्रालय र निकायमा सयौँ कर्मचारी दरबन्दी विना नै बसिरहेको तथ्य बाहिरिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही दिन अघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रै लेखेर त्यस्ता कर्मचारीको खोजी गरी दरबन्दी भएकै ठाउँमा पठाउन निर्देशन दिएको थियो ।



    सिंहदरबारमा अनावश्यक रुपमा कर्मचारी विना जिम्मेवारी कामविहीन अवस्थामा बस्ने तर स्थानीय तह लगायतका ग्रामीण क्षेत्रका सरकारी कार्यालयमा कर्मचारी अभाव हुने अवस्था सिर्जना हुँदै आएको छ ।

    त्यस्तो अवस्था अन्त गर्न र केन्द्रमा कामविहीन भएका कर्मचारीलाई स्थानीय तहमा पठाउने गरी मुख्य सचिव अर्यालकै निर्देशनमा प्रधानमन्त्री कार्यालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

    गत सोमबारको सचिव बैठकले स्वीकृत संगठन संरचना अनुसारको दरबन्दीमा कार्यरत सबै कर्मचारीहरुलाई जिम्मेवारी कार्यविवरण प्रदान गरी ७ दिन भित्र जिम्मेवारी दिने र कुनै पनि कर्मचारीलाई जिम्मेवारी विहीन नराख्ने निर्णय समेत गरेको छ । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार