Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • अमेरिकामा युवालाई प्रधानमन्त्रीको आग्रह – स्वदेशमै रोजगारीका अवसर सृजना गर्नू, फर्कनुस्

    अमेरिकामा युवालाई प्रधानमन्त्रीको आग्रह – स्वदेशमै रोजगारीका अवसर सृजना गर्नू, फर्कनुस्

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 102
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेश फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् ।

    संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वर्ल्ड लिडर्स फोरममा यस्तो बताएका हुन् ।



    उनले गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि सारिएको स्पष्ट पारे ।



    ‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उनले नेपालबाट विदेश गएका विद्यार्थी र युवाको मात्रै संख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको हिसाब नभएको उल्लेख गर्दै फर्कनेहरूको क्रम पनि बढेको स्पष्ट गरे ।

    प्रधानमन्त्री ओलीले रोजगारीका अवसरका लागि नेपाल सरकारले साना–साना उद्योग र ‘स्टार्टअप’जस्ता कार्यक्रम ल्याएको जनाउँदै युवाबिना मुलुकले रुपान्तरण गर्न नसक्नेमा आफू स्पष्ट रहेको बताए । उनले युवालाई राष्ट्र निर्माणमा एकजुट हुन आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार