Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • गणतन्त्र माँस्ने कुरा सोच्न पनि सकिँदैन : प्रधानमन्त्री ओली

    गणतन्त्र माँस्ने कुरा सोच्न पनि सकिँदैन : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 69
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धिहरू कसैले पनि सजिलैसँग माँस्न नसक्ने बताएका छन् ।

    संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपाली समुदायसँगको भेटमा यस्तो बताएका हुन् ।



    उनले संविधान कार्यान्वयनमा क्रममा देखिएका कमीकमजोरीहरूलाई सच्याउने गरी संविधान संशोधनको विषयमा छलफल भइरहेपनि लोकतान्त्रिक मूल्यमान्यता, संघीयता, गणतन्त्र र मुलुकको सार्वभौमसत्ताको रक्षाजस्ता विषयमा संविधान संशोधनमा कुनै हेरफेर नहुने बताए ।



    प्रधानमन्त्री ओलीले नेपालमा अहिले सजिलै संविधान संशोधन गर्न सक्ने अवस्था समेत नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार