Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • सामाजिक कार्यमा अग्रसर बन्दै खान्डाँडा युवा क्लब

    सामाजिक कार्यमा अग्रसर बन्दै खान्डाँडा युवा क्लब

    सोमबार स्वास्थ्य तथा सरसफाई अन्तरक्रिया सकियो

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 36
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिका-१ स्थित खान्डाँडा समाज सुधार युवा क्लबले स्वास्थ्य तथा सरसफाई सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

    क्लबले सोमबार स्थानीय समुदायमा सरसफाई र स्वास्थ्य सचेतनाका लागि सो अन्तरक्रिया कार्यक्रम गरेको हो । क्लबका अध्यक्ष नविन साउदका अनुसार सोमबार आग्रीखोला टोलका नागरिकसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।



    यस कार्यक्रमले स्थानीय समुदायमा सरसफाई र स्वास्थ्य सचेतनाका महत्त्वपूर्ण विषयलाई उजागर गर्दै स्वास्थ्य तथा सफाइका अभ्यासलाई सुदृढ गर्न प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।



    स्वास्थ्य स्वयंसेविका कौशिल्ला साउदले सरसफाई र स्वास्थ्य बारेमा जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । कार्यक्रममा स्वास्थ्यकर्मीहरूको पनि उपस्थिति रहेको थियो । स्वास्थ्यकर्मीले स्थानीयलाई सफाइ सम्बन्धी व्यवहार र स्वास्थ्योपचारमा ध्यान दिनुपर्ने विषयमा जानकारी गराएका थिए ।

    कार्यक्रममा विशेष सहभागिता जनाउँदै क्लबका अध्यक्ष नविन साउदले स्थानीय बासिन्दाको स्वास्थ्य र सरसफाईका चुनौतीहरूको समाधानमा क्लबले निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

    क्लबद्वारा आयोजित यस कार्यक्रमले सामुदायिक स्वास्थ्य सुधारका साथै सरसफाईसम्बन्धी चेतनाको स्तर वृद्धि गराउने अपेक्षा गरिएको छ । यो कार्यक्रमले खान्डाडा र आसपासका क्षेत्रमा सरसफाई तथा स्वास्थ्यप्रतिको जनचेतनामा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

    साथै क्लबले यस क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । यसभन्दा अगाडि पनि क्लबले विद्यालयलाई १५ हजार हस्तान्तरण गरेको थियो । केही दिनमा सूचनामूलक होर्डिङ् बोर्ड पनि लगाउने क्लबको तयारी छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार