Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • लेबनानमा इजरायली आक्रमणबाट २१ बालबालिकासहित २७४ जना मारिए

    लेबनानमा इजरायली आक्रमणबाट २१ बालबालिकासहित २७४ जना मारिए

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 72
    SHARES

    फाइल तस्विर

    एजेन्सी । लेबनानमा इजरायली आक्रमणबाट मारिनेको सङ्ख्या २७४ पुगेको छ । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादका अनुसार यसमा २१ जना बालबालिका छन् । हजारौँ परिवार बमबारीबाट भागेका छन् ।

    “एक्काइस बालबालिका र ३९ महिलासहित दुई सय ७४ जनाको मृत्यु भएको छ । यस बारेमा हामीलाई अहिलेसम्म थाहा भएको यति हो” अबियादले पत्रकार सम्मेलनमा भने, “लक्षित क्षेत्रहरुबाट हजारौँ परिवार विस्थापित भएका छन् ।”



    उनका अनुसार हिजबुल्लाह पेजर र वाकी(टाकीहरु विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भएका थिए ।



    प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध सुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार