Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • अछामका सिडिओ र डीएसपीको निर्देशन – गुण्डागर्दी नियन्त्रण र फरार प्रतिवादी समात्नू

    अछामका सिडिओ र डीएसपीको निर्देशन – गुण्डागर्दी नियन्त्रण र फरार प्रतिवादी समात्नू

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 141
    SHARES

    अछाम । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीले फरार अपराधीहरुको खोजतलासलाई तीव्र बनाउन निर्देशन दिएका छन् ।

    सोमबार जिल्लाको मंगलसेन नगरपालिका ४ स्थित अस्थायी प्रहरी पोष्ट कालागाउँको निरीक्षण तथा अनुगमन भ्रमणका क्रममा उनले कार्यालयका सबै कर्मचारीलाई अहोरात्र फिल्डमा खटिने निर्देशन दिएका हुन् ।



    उनले संगठनले अख्तियार गरेका विषयवस्तुहरुलाई आत्मसात् गरी नागरिकलाई केन्द्रबिन्दुमा राखेर छिटो, छरितो र निस्वार्थ सेवा प्रवाह गर्न निर्देशन दिए । वडास्तरसम्म सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत जनचेतना अभिवृद्धिका लागि ‘होर्डिङ बोर्ड’ राख्न पनि डीएसपी भण्डारीले भनेका छन् ।



    साथै सो निरीक्षण भ्रमणमा अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल पनि सहभागी रहेका थिए । उनले पनि नेपाल प्रहरीको जिम्मेवारी शान्ति र सुरक्षा सुनिश्चित गर्नु रहेको हुँदा प्रहरी संगठनलाई थप जिम्मेवार र जनकेन्द्रित बनाउनुपर्नेमा जोड दिइएको छ ।

    सिडिओ लम्सालले मानव अधिकारको संरक्षण गर्दै जनताको अपेक्षा पूरा गर्ने गरी कानूनी मापदण्ड अनुसार कार्य गर्नुपर्नेमा ध्यानाकर्षण गराए । यस क्रममा तस्करी, गुण्डागर्दी, लागूऔषध सेवन र बिक्रि बितरण, अवैध मदिरा उत्पादन तथा बिक्रि, घरेलु हिंसा, लैङ्गिक हिंसा र आत्महत्याजस्ता समस्याहरुको निराकरणका लागि कडा कदम चाल्नुपर्ने सिडिओ लम्सालले निर्देशन दिए ।

    उक्त निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षकले प्रहरी संगठनलाई अनुशासित, कर्तव्यनिष्ठ र त्रुटिरहित ढंगले कार्य गर्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार