Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • चन्द्रयान–४ मिसनका लागि भारतले विनियोजन गर्‍यो साढे २१ अर्ब भारु !

    चन्द्रयान–४ मिसनका लागि भारतले विनियोजन गर्‍यो साढे २१ अर्ब भारु !

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 45
    SHARES

    एजेन्सी । भारत सरकारले चन्द्रमाबाट माटो वा ढुङ्गाका नमूना ल्याउने उद्देश्य रहेको चन्द्रयान–४ मिसनका लागि झन्डै साढे २१ अर्ब भारतीय रुपैयाँ विनियोजन गरेको छ ।

    चन्द्रयान–३ लाई चन्द्रमामा उतार्न सफल भएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को अर्को मिसनका लागि केन्द्र सरकारले २१ अर्ब ४० करोड भारु सुनिश्चित गरेको हो ।



    सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने लक्ष्य लिएको इसरोका लागि नमूना लिएर फर्कने चन्द्रयान–४ महत्त्वपूर्ण मिसन हुनेछ ।



    दुई वटा रकेटले छुट्टाछुटै उपकरण चन्द्रमामा उतारेर त्यहाँबाट नमूना लिएर फर्कने चन्द्रयान–४ अन्तरिक्ष खोजको क्षेत्रमा महत्त्वपूर्ण हुने इसरोले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार