Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • पूर्वडीआईजी जोशीको बयान – गलत मान्छेसँग जोडिएछु, जीबी र रविको संगत छाडे

    पूर्वडीआईजी जोशीको बयान – गलत मान्छेसँग जोडिएछु, जीबी र रविको संगत छाडे

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 468
    SHARES

    काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीले आफू गलत संगतमा जोडिएको बयान दिएका छन् ।

    जिल्ला अदालत कास्कीमा सोमबार म्याद थपअघि भएको बहसमा उनले आफू रकम हिनामिनामा संग्लन भएको बताएका हुन् ।



    उनले बयान दिँदै भने, ‘म गलत मान्छेसँग जोडिएछु। जब थाहा भयो त्यसपछि उनीहरु (जीबी राई र रवि लामिछाने) को संगत छाडे ।’



    ‘सहकारीको रकम अपचलनमा मेरो कुनै संलग्नता छैन । रवि र जीबी नै जिम्मेवार हुन्,’ जोशीले बयानका क्रममा भनेको स्रोतले बतायो ।

    उनी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संग्लन रहेको खुलेपछि प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

    सोमबार न्यायाधीश चन्द्रकान्त शर्माको इजालसलले जोशीलाई पाँच दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
    संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएको खुलेपछि कारबाही गर्न सिफारिस गरेको थियो ।

    पूर्वडीआईजी जोशी सहकारीको रकम हिनामिना गरेर फरार रहेका जिबी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका थिए ।

    यस्तै समितिले जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार