Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • विवादित डीआईजी ठकुरी हेडक्वाटर तानिए, भट्टराईलाई पठाइयो कर्णाली !

    विवादित डीआईजी ठकुरी हेडक्वाटर तानिए, भट्टराईलाई पठाइयो कर्णाली !

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 957
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका दुईजना प्रहरी नायव महानिरीक्षकको सरुवा भएको छ । गृह मन्त्रालयले डीआईजी जनक भट्टराई र अर्जुन चन्द ठकुरीको सरुवा गरेको हो ।

    स्रोतका अनुसार भट्टराईलाई कर्णाली प्रदेशमा सरुवा गरिएको छ भने ठकुरीलाई अपराध अनुसन्धान विभाग नक्सालमा पठाइएको छ ।



    डीआईजी ठकुरी मदिरा पिएर होहल्ला गरेपछि विवादमा तानिएका थिए । मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा डीआईजी ठकुरीलाई हेडक्वाटर तानिएको बताइएको छ ।



    उनी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत थिए । उनको स्थानमा डीआईजी भट्टराईलाई पठाइएको छ ।

    भट्टराई प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार