Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • संविधान संशोधनको विषयमा छेडखानी नगर्न कांग्रेस र एमालेलाई प्रचण्डको चेतावनी

    संविधान संशोधनको विषयमा छेडखानी नगर्न कांग्रेस र एमालेलाई प्रचण्डको चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 78
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभइ सरकार परिवर्तनको बहानाको रुपमा उठाएको आरोप लगाएका छन् ।

    संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।



    अध्यक्ष प्रचण्डले छेडखानी तरिकाले संविधान संशोधन गर्न खोजिए देश सम्हाल्नै नसक्ने स्थितिमा पुग्ने बताए ।



    उनले विचार नपुर्‍याई यस्ता गल्ती नगर्न कांग्रेस र एमालेका नेताहरूलाई आग्रह गरे ।

    अध्यक्ष प्रचण्डले भने,‘संविधान संशोधनको विषयमा अलिकति पनि छेडखानीबाट गयौँ भने पान्डोराको बक्स खोले जस्तै हुन्छ । देश सम्हाल्नै नसक्ने खतरा हुन सक्छ । हामी सबैले ध्यान दिनुपर्ने कुरा यो छ । जनताले पाएको अधिकार खोसियो भने त्यसले ठुलो अराजकता जन्माउँछ । नेपालमा समाल्न सक्ने हुन्छ भन्ने लाग्दैन । अराजकता फैलाउने गरी संविधान संशोधन नगर्दिनोस् भन्न चाहन्छु ।’

    उनले दोस्रो संविधानसभाबाट पनि संविधान सजिलै बन्न नदिन धेरै शक्तिहरूले चलखेल गरेको स्मरण गरे । त्यतिबेला शान्ति र संविधानको निम्ति प्रमुख भूमिका खेल्नेमध्ये आफू एक भएको अध्यक्ष प्रचण्डले दाबी गरे ।

    आफू जीवितै हुँदा संविधान नबन्ला कि भनेर धेरै चिन्तित भएको उनले सुनाए ।

    वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको पनि उनले स्पष्ट गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार