Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • अब एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    अब एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 63
    SHARES

    सिन्धुली । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने बताएका छन्।

    सिन्धुलीमाडीमा प्रेस चौतारी नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन्।



    उनले देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकतावद्ध हुनुपर्ने बताए। उनले एमाले निर्णायक राष्ट्रिय शक्ति बनेर अगाडि बढ्ने दाबी गरे ।



    वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘अहिले देशमा देखिएको संकटलाई थप बढ्न दिनु हुँदैन । अबको अवस्थामा होस् नपुर्‍याए देशलाई कसरी बचाउने भन्ने गम्भीर प्रश्न आउँछ । त्यसकारण पनि राष्ट्रिय शक्तिहरू एकतावद्ध हुनुपर्छ । नेकपा एमालेलाई हामी निर्णायक राष्ट्रिय शक्तिका रूपमा परिणत गर्छौं ।’

    एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा परिणत गर्न देशव्यापी रूपमा पार्टी सुदृढ गर्ने, पार्टी पंक्तिलाई अघि बढाउने र भएका कमी कमोजोरी सुधारको अभियान चलिरहेको उनले बताए ।

    एमाले निर्णयक राष्ट्रिय शक्ति बनेर अरु राष्ट्रिय शक्तिहरूलाई राष्ट्रको स्वाभिमान, स्वतन्त्रता, स्वाधीनता, अखण्डको पक्षमा उभ्याउने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार