Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • रविलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितहरुले गरे पर्दशन

    रविलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितहरुले गरे पर्दशन

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 165
    SHARES

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् ।

    सूर्यदर्शन सहकारी पीडित बचकर्ताले सभापति लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्की बाहिर प्रदर्शन गरेका हुन्।



    सहकारीको पैसा गोर्खा मिडियामार्फत लामिछानेले दुरूपयोग गरेको भन्दै पीडितले नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्।



    जिल्ला प्रशासन कार्यालय कास्कीको गेट बाहिर सहकारी पीडित र त्यसकै ठिकअगाडि शहीद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

    पीडिले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता-कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार