Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • झापामा दुर्गा प्रसाईंका समर्थकले जलाए ट्रक

    झापामा दुर्गा प्रसाईंका समर्थकले जलाए ट्रक

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 120
    SHARES

    विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले झापामा सवारीसाधन जलाएका छन्।

    प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापाका छुट्टा-छुट्टै ठाउँमा भारतीय नम्बर प्लेटका ३ वटा ट्रकमा आगजनी गरेका हुन् ।



    आइतबार बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो । आइतबार राति छुट्टा-छुट्टै स्थानमा तीन वटा ट्रकमा आगजनी भएको थियो ।



    आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कन्काइ नगरपालिका-८ स्थित बिरिङ खोलाको पुलमा यूपी-५७ एटी-४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका हुन्।

    सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका-६ मा डब्लूबी-७३.ई-३०५७ नम्बरको खाली ट्रकमा आगजनी गरेका छन् ।

    झापाको धाइजनमा डब्लूबी-७३-ई-३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट तीनवटै ट्रकमा क्षति पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार