Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • मोदीसँग भेटेपछि ओलीको संक्षिप्त प्रतिक्रिया – भेटवार्ता सकारात्मक भयो

    मोदीसँग भेटेपछि ओलीको संक्षिप्त प्रतिक्रिया – भेटवार्ता सकारात्मक भयो

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 66
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट सकारात्मक भएको बताएका छन् ।

    भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता सकारात्मक भएको बताएका हुन् ।



    उनीहरूबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित टोते न्युयोर्क प्यालेस होटलमा भेटवार्ता भएको बताइएको छ ।



    मोदीसँगको भेटमा सहभागी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण भएको प्रतिक्रिया दिइन्। उनले भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी पनि दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार