Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • प्रधानमन्त्रीलाई रविको चेतावनी – न्युयोर्कबाट आँखा नसन्काउनू, फर्किनुस्, बसेर कुरा गरौं

    प्रधानमन्त्रीलाई रविको चेतावनी – न्युयोर्कबाट आँखा नसन्काउनू, फर्किनुस्, बसेर कुरा गरौं

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 258
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्युयोर्कबाट आँखा नसन्काउन चेतावनी दिएका छन् ।

    सहकारी प्रकरणमा आफूलाई पक्राउ गर्न लागेको थाहा पाएपछि लामिछानेले मध्यरात फेसबुकमा स्टाटस लेख्दै यस्तो चेतावनी दिएका हुन् उनले न्युयोर्कमा बसेर आँखा नसन्काउन प्रधानमन्त्री ओलीले चेतावनी दिए ।



    राष्ट्रसंघको महासभामा भाग लिन गएका प्रधानमन्त्री ओली हाल न्युयोर्कमा छन् ।



    लामिछानेले सहकारी पीडितलाई न्याय दिने भए बसेर कुरा गर्न आग्रह गरेका छन् । ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू, फर्केर आउनुस्, बसेर कुरा गरौं,’ उनले लेखेका छन्, ‘सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न ।’

    यसअघि हिजै राति समर्थकलाई सम्बोधन गरेका रविले ओली नेतृत्वको सरकार अधिनायकवादको बाटोमा लागेको आरोप लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार