Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • अदालत परिसरबाटै दुर्गा प्रसाईंका समर्थक पक्राउ

    अदालत परिसरबाटै दुर्गा प्रसाईंका समर्थक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 291
    SHARES

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा प्रदर्शन गर्न खोज्ने केही समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने क्रममा नारा लगाउँदै विरोधमा उत्रिएका समर्थकलाई प्रहरीले पक्राउ गरेको हो ।



    मेडिकल व्यवसायी प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्यूरोले आइतबार दिउँसो भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।



    प्रसाईंविरुद्ध एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन् ।

    प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतले गत बुधबार पक्राउ पुर्जी जारी गरेको थियो ।

    अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार