Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • वित्तीय अपराधबारे छुट्टै अनुसन्धान ब्यूरो स्थापना गर्न अध्ययन समिति गठन

    वित्तीय अपराधबारे छुट्टै अनुसन्धान ब्यूरो स्थापना गर्न अध्ययन समिति गठन

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 105
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले आर्थिक अपराधको मात्रै अनुसन्धान गर्न ‘वित्तीय अनुसन्धान ब्यूरो’ स्थापनाका लागि प्रस्ताव गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले ‘वित्तीय अनुसन्धान ब्यूरो’ स्थापनाका लागि गृहमन्त्री रमेश लेखकले मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, आईजीपी वसन्त कुँवर र महाशाखाका प्रमुखहरूसँग छलफल गरेको हो ।



    प्रधान कार्यालयले छुट्टै ब्युरो बनाउँदा १४२ जना प्रहरी कर्मचारीको नयाँ दबरबन्दी थप्न प्रस्ताव गरेको छ ।



    वित्तीय अपराधका घटना दैनिक बढिरहेको भन्दै प्रहरीले ब्यूरो स्थापना गर्नका लागि सुरुवातमा नै ५० करोड बजेट विनियोजन गर्नुपर्ने प्रस्ताव गरेको छ ।

    छलफलपछि गृहमन्त्री लेखकले ब्यूरो स्थापना गर्नेबारे अध्ययन गर्न र सुझाव सहितको प्रतिवेदन दिन समिति गठन गरेका छन् । गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख छविलाल रिजालको नेतृत्वमा समिति गठन गरिएको हो ।

    रिजाल नेतृत्वको समितिलाई १५ दिनमा ब्यूरो गठन गर्नेबारे राय सुझावसहितको प्रतिवेदन पेस गर्न भनिएको छ ।

    समितिले प्रस्तावित ब्युरोको संरचना, कर्मचारी व्यवस्थापन, बजेट आवश्यकताका साथै ब्युरो स्थापना गर्दा आउने कानुनी, प्रशासनिक, र प्राविधिक पक्षहरूको अध्ययन गरी प्रतिवेदन तयार गर्ने बताइएको छ ।

    ब्युरो स्थापना भएपछि बैंकिङ कसुर, ह्याकरद्वारा गरिने वित्तीय ठगी, कर छलजस्ता जटिल वित्तीय अपराधहरूको अनुसन्धान प्रभावकारी रूपमा गर्न प्रहरीलाई सहयोग पुग्ने विश्वास गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार