Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • एसियाली करातेमा एरिकालाई ऐतिहासिक रजत

    एसियाली करातेमा एरिकालाई ऐतिहासिक रजत

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 132
    SHARES

    काठमाडौं । नेपालकी एरिका गुरुङ एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जित्न चुकेकी छिन्।

    चीनको हाङचाउस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको प्रतियोगिताको महिला ६८ केजीमाथि तौलमा भियतनामकी नाओन थी नुयेनसँग पराजित भएपछि एरिकाले रजत पदकमा चित्त बुझाएकी हुन् ।



    एसियाली सिनियर कराते च्याम्पियनसिपमा नेपालले जितेको पहिलो पदक हो ।



    एक वर्षअघि १९ औं एसियाली खेलकुदको कराते अहिले भइरहेकै हलमा भएको थियो । जहाँ एरिकाले रजत जितेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार