Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • भारतीय प्रधानमन्त्री मोदी न्यूयोर्कमा, बाइडेनसँग भेटवार्ता गर्ने तयारी

    भारतीय प्रधानमन्त्री मोदी न्यूयोर्कमा, बाइडेनसँग भेटवार्ता गर्ने तयारी

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 75
    SHARES

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिने भ्रमणको क्रममा शनिवार अमेरिका पुगेका छन् ।

    अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र जापानका प्रधानमन्त्री फुमियो किशिदासहितका नेताहरू सहभागी हुने क्वाड शिखर सम्मेलनमा सहभागी हुन आफू आतुर रहेको बताएका थिए ।



    भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटले दुई देशलाई भारत–अमेरिका व्यापक वैश्विक रणनीतिक साझेदारीलाई अझ प्रगाढ बनाउन नयाँ मार्गहरूको समीक्षा र पहिचान गर्न अनुमति दिने बताएका छन् ।



    क्वाड शिखर सम्मेलनको ठीक अघि प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति बाइडेनसँग द्विपक्षीय बैठक गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार