Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ, ५ राउण्ड गोली पनि बरामद

    पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ, ५ राउण्ड गोली पनि बरामद

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 234
    SHARES

    कपिलवस्तु । कपिलवस्तु पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

    कृष्णनगर नगरपालिका ८ सानो गणेशपुर चोकस्थित चन्द्रौँटाबाट कृष्णनगर जाँदै गरेको मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको बस्ती जिल्लाका गौतम पिपरा गाउँका ३५ वर्षे प्रितम कुमार र उत्तरप्रदेशको देबापार हरनखा बस्ने २२ वर्षे सुरज द्विवेदी रहेका छन् ।



    प्रितमले चलाएको मोटरसाइकल पछाडि बसेका सुरजको साथबाट प्रहरीले गएराति बरामद गरेको हो । उनीहरूको साथबाट एक थान पेस्तोल र ५ राउण्ड गोली बरामद गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

    त्यस्तै, उनीहरुसंग फेरामाईन ईन्जेक्सन ३ थान, प्याक गरिएको सिरिन्ज दुई थान र केही नाम नखुलेको औषधि केही पत्तापनि बरामद भएकोछ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार