Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • डीएसपी भण्डारीको रगतले जोगियो सुत्केरीको ज्यान !

    डीएसपी भण्डारीको रगतले जोगियो सुत्केरीको ज्यान !

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 606
    SHARES

    अछाम । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीले रगत दिएपछि एक महिलाको ज्यान जोगिएको छ ।

    जिल्ला अस्पताल अछाममा सुत्केरीपछि रक्तश्राव हुँदा मंगलसेन नगरपालिका-१२ की २२ वर्षीया मनिषा शाहीको ज्यान जोखिममा परेको थियो । तर डीएसपी भण्डारीले ‘एबी’ पोजेटिभ रगत दान गरेपछि शाहीको ज्यान जोगिएको हो ।



    मनिषालाई रगत आवश्यक परेपछि परिवारका सदस्य समस्यामा परेका थिए । उनीहरुले रगतका लागि विभिन्न ठाउँमा सम्पर्क गरे पनि ‘एबी’ पोजेटिभ समूहको रगत भेटाएनन् ।



    त्यसपछि मनिषाका आफन्त रगतका लागि सहयोग माग्न अछाम प्रहरीको कार्यालयमै पुगेका थिए । सोही क्रममा डीएसपी भण्डारी मनिषालाई आफै रगत दिन तयार भएका थिए । उनले शुक्रबार जिल्ला अस्पताल अछाममै पुगेर रक्तदान गरेको बताइएको छ ।

    जिल्लामा जुनसुकै बेला रगतको आवश्यकता पर्दा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले रगत दिएर बिरामीको ज्यान जोगाउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार