Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कांग्रेस महामन्त्री शर्माले भने – सहकारी ठगीमा दोषी देखिए धनराज गुरुङ पनि जेल जानुहुन्छ

    कांग्रेस महामन्त्री शर्माले भने – सहकारी ठगीमा दोषी देखिए धनराज गुरुङ पनि जेल जानुहुन्छ

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 243
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा आवश्यक परे उपसभापति धनराज गुरुङमाथि छानबिन गर्नुपर्ने बताएका छन् ।

    कांग्रेस झापा–काठमाडौ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।



    महामन्त्री शर्माले सहकारी ठगी प्रकरणमा पार्टी उपसभापति गुरुङमाथि छानबिन सुरु भइसकेको बताए।



    महामन्त्री शर्माले भने,‘उहाँमाथि छानबिन सुरु भएको छ । त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस लाग्दैन । सीआईबीले छानबिन गरिरहेको छ । निर्दोष देखिनुहुन्छ, माला लगाएर कांग्रेसको नेतृत्व गर्नुहुन्छ । दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ ।’

    गुरुङ आफैँले छानबिन गर्न तयार रहेको बताइसकेकाले आवश्यक पर्दा छानबिन गर्नुपर्ने महामन्त्री शर्माले बताए ।

    मितेरी सहकारीमा गुरुङकी पूर्वश्रीमति ज्योति गुरुङ प्रबन्धक रहँदा रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी परेको छ ।

    तर, ज्योतिसँग आफ्नो सम्बन्धविच्छेद भइसकेको गुरुङले बताएका छन् ।उनले नयाँ दल भन्नेहरुले जस्तो आफूहरुले छानबिन गर्न हुँदैन नभन्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार